मोहम्मद आफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।नेपाली काँग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।विष्फोटक पदार्थ बमसमे