चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय हृदयाघात (हार्ट अट्याक) को जोखिम बढेको छ । मुटुसम्बन्धी समस्या भएमा हृदयाघात हुन्छ । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीनवटा नसामा रगतमा बोसो जमेर रक्तनली साँघुरो भएमा वा धमनीहरु बन्द हुनुलाई हृदयाघात भनिन्छ । यो जुनसुकै उमेर समूहकालाई क्षणभरमै हुन सक्छ ।हृदयाघातका लक्षण के के हुन् ?हिँड्दा छाती दुख्ने, सो दुखाइ चिउँडोसम्म पुग्ने, दुखाइको समयावधि २० मिनेटभन्दा बढी हुने, पसिना आउने, एकछिन हिँड्दा बढी भारी महसुस हुने, बस्दा कम