झापा– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुगेका छन् । शनिबार बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा आइपुगेका हुन् । पूर्वराजा शाहको आजको बास मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा हुने छ । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् […]