युवराज विष्टभोजपुर : काठको ठेकी बनाउने परम्परागत पेशा संकटमा पर्न थालेको छ। भोजपुरमा विगतमा धेरैले यो पेशा गर्दै आए संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा परेको यसमा आवद्धहरू बताउँछन्।धेरै मेहनतका साथ खोला तथा खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि पेशाबाट पलायन हुँदै गएको ५० वर्षभन्दा बढी ठेकी बनाउँदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए।‘यो हाम्रो पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ। मेहनत धेरै गर्नुपर्छ।