बाग्लुङ : कृषि ज्ञान केन्द्र बाग्लुङले लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन अभियान थालेको छ।किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो। विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताए।‘एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ,’ भट्टराइले भने, ‘किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका