गाजामा इजराइल र प्यालेस्टाइनबिच हिंसात्मक भिडन्तको ८ दिनपछि अमेरिकी राष्ट्रपति जे बाइडेनले 'युद्धविराम'को पक्षमा अभिव्यक्ति दिएका छन्।
बाइडेनले इजराइली प्रधानमन्त्री बेन्जामिन न्यातानाहुलाई द्वन्द्व रोक्नका लागि अमेरिकाले इजिप्ट तथा अन्य मुलुकहरूसँग सहकार्य गरिरहेको बताएका छन्।
तर, अमेरिकाले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामका लागि जारी गर्न लागेको वक्तव्यलाई रोक लगाएको छ। …