नेपाल प्रहरीले ४५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले ४५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई सोमवार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ २६ गतेको फैसलापछि १० दिन कैद र बिगो बमोजिम ४५ लाख रुपैयाँ जरिवानापछि फरार रहेका जबरालाई सोमवार काठमाड...