‘बैंकिङ्ग क्षेत्रमा पैसाको होइन, आत्मविश्वासको अभाव छ’

रास्वपाका सांसद मनिस झाले नेपालको बैंकिङ्ग क्षेत्रमा पैसाको अभाव नभई आत्मविश्वासको कमी रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकिङ्ग क्षेत्रलाई विश्वकै सम्मानित र व्यवस्थित पेसामध्ये एकको रूपमा चित्रण गर्दै बैंकहरूमा पर्याप्त तरलता भए पनि लगानी र आर्थिक गतिविधिमा अपेक्षित गति आउन नसक्नुको मुख्य कारण नीतिगत तथा मनोवैज्ञानिक आत्मविश्वासको अभाव रहेको बताए । […]