काठमाडौं। कोरोनाको दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा परेको छ। सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मुम्बईलगायतका विभिन्न क्षेत्रमा लकडाउन जारी गरिएको छ। लकडाउनपछि चलचित्रको रिलिज तथा छायांकनसमेत रोकिएको छ। अहिले ११ चलचित्रको प्रदर्शन तथा थुप्रै चलचित्रको छायांकन रोकिएको छ। व्यापार विश्लेषक गिरीश वानखेडेका अनुसार २०२१ मा ५० चलचित्र रिलिज हुने तयारीमा थिए।