चीनको एक्सफेङले ल्यायो सडकमा पनि चल्न सक्ने उड्ने कार

कात्तिक ७, कुवाङचाउ (चीन) । चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले सडकमा पनि गुड्न सक्ने नयाँ उड्ने कार सार्वजनिक गरेको छ ।  कम्पनीको सहायक एचटी एरोले आइतवार सो कार लञ्च गरेको हो । कम्पनीले सन् २०२४ मा कार विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ । अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन । कारको अन्तिम डिजाइन पनि परिवर्तन हुने सक्ने एचटी एरोले बताएको छ । कारको डिजाइन लाइटवेट हुने र रोटर दोब्रिने बताइएको छ । यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ । कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको बताइएको छ । एजेन्सी  

सम्बन्धित सामग्री

चार सिटको उड्ने कार

अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।