४ पुस, काठमाडौं । संसदीय सुनुवाइ समितिको अनुमोदनपछि बिहीबार नै सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनुवाइ समितिले अनुमोदन गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीश नियुक्त गरेका हुन् । न्यायपरिषदले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको […]
काठमाडौं – न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्ले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । शुक्रबार, आइतबार र सोमबार २/२ जनाको सुनुवाइ गरेको समितिले समितिमा प्राप्त उजुरी र न्यायाधीशले दिएको जवाफ र कार्ययोजनाबारे अध्ययन गर्न सदस्यहरुलाई दुई दिनको समय दिएको थियो । अनुमोदन गर्ने […]
काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। मंसिर ५ गते न्याय परिषदले सर्वोच्चका लागि ६ जना न्यायाधीश सिफारिस गरेको संविधानको धारा २८९ अनुसार सुनुवाइका लागि उजुरी आह्वान भएको हो। सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीका अनुसार शनिबारदेखि १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशका बारेमा कुनै उजुरी, गुनासो भएमा […]
न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ । रिक्त सात पदमध्ये मङ्गलबार ६ जनाको नाम सिफारिस गरिएको हो । २०७८ जेठयता न्यायाधीशले उमेरहदका कारण अवकाश पाउँदै गए पनि पदपूर्ति भने नियमित भएको थिएन । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भए प्रस्तावित न्यायाधीशको नियुक्तिको बाटो खुल्ने छ । अहिले सर्वोच्चमा १४ जना न्यायाधीश कार्यरत छन् । संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी छ । मङ्गलबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशबाट चार र कानुन व्यवसायीबाट दुई जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतबाट सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गानालाई न्यायाधीशमा सिफारिस गरेको हो ।
काठमाडौं न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो ।
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।
सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्यायपरिषद्को बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्ता तथा अध्यापकलाई सिफारिस गरेको हो ।
यसपालि अचम्म भयो। पहिलेपहिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्दा धेरै न्यायाधीश क्याडरबाट र थोरै वकिलबाट ल्याइन्थ्यो। अहिले सर्वोच्चमा सिफारिस गरिएका ५ मध्ये २ जनामात्रै क्याडर न्यायाधीश छन्। ६०/४० को अनुपात ठ्याक्कै उल्टियो।