प्रविधिले फेरिँदै विज्ञापन शैली : होडिङ बोर्ड हटाएर डिजिटल बोर्ड, सयौं कम्पनीको विज्ञापन एकसाथ

चैत १०, काठमाडौं। पछिल्लो समय नेपालले प्रविधिको क्षेत्रमा ठूलै फड्को मारीरहेको छ । सम्भव भएसम्म हरेक क्षेत्रलाई प्रविधि मैत्री बनाउने कोसिस पनि भईरहेकै पाईन्छ । प्रविधिको गुणस्तर र स्तरियता के छ त्यो फरक पाटो हो, तर नेपालमा हरेक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग संगै शैली पनि फेरिएको भने पक्कै छ । यसरी नै प्रविधि संगै फेरिएको एउटा क्षेत्र हो सूचना तथा सञ्चारको क्षेत्र । नयाँ प्रविधि संगै परिमार्जित हुने क्रममा सूचनाका शैलि बदलिदै जाँदा त्यसरी नै बद्लिरहेको एउटा क्षेत्र विज्ञापनको शैलि पनि हो । काठमाडौका ठूला सडक वरपर तथा चोकहरुमा अहिले ठूला ठूला डिजिटल डिस्प्लेहरु छन् । ती डिस्प्लेमा हरेक मिनेट भिन्न भिन्न कम्पनीका विज्ञापनहरू देख्न पाइन्छ ।  केहि बर्ष पहिले एकाध स्थानमा मात्रै देखिने यस्ता डिस्प्ले अहिले भने काठमाडौका प्रमुख व्यापारिक स्थानमा धेरै नै देखिन्छन् ।  केही समय अघिसम्म घरको छतमा फलामे डण्डीको सहायताले ठूला होर्डिङ बोर्ड राख्ने र बिज्ञापन गर्ने चलन थियो । त्यसरी विज्ञापन राख्दा कुनै एउटा कम्पनीको मात्रै विज्ञापन प्रीन्ट गरेर राखिएको हुन्थ्यो ।  अहिले भने उही ठाउँमा डिजिटल डिस्प्ले राख्दा एकै पटक सयौ कम्पनीको विज्ञापन देखाउन सकिन्छ । केहि बर्ष पहिले लोडसेडिङका कारण पनि यस्ता बोर्ड सञ्चालन हुन समस्या थियो । नियमित विद्युत आपूर्तिसंगै डिजिटल विज्ञापनको नयाँ यूग शुरू भएको छ । हाल त्रिपुरेश्वर, सुन्धारा, माईतिघर, बानेश्वर चोक, पुतलीसडक, दरवारमार्ग, बागबजार, कलंकी लगायतका स्थानमा यस्ता डिजिटल बोर्ड राखेको देखिन्छ । सञ्चालनमा आएका यस्ता डिस्प्ले राख्न दिने नदिने भन्ने स्थानीय तहको हातमा हुने नेपाल विज्ञापन बोर्डले बताएको छ । बोर्डका सूचना अधिकारी दिलिप कुमार महर्जनका अनुसार स्विकृती स्थानिय तहले दिने र बोर्डले नियमन गर्न भएकाले विभागले सञ्चालन कार्यविधि बनाइरहेको छ । ‘स्विकृती स्थानिय तहले दिने र हामीले नियमन गर्ने हो । नियमनका लागि हामीसंग नियमावली छैन,’ उनले भने, ‘नियमावलीको मस्यौदा तयार हुँदै छ ।‘ कार्यविधि नहुँदा हाल कस्ता विज्ञापन बजाउन दिने वा कस्ता नदिने भन्ने बोर्डसंग स्पष्ट आधार छैन । ‘डिजिटल डिस्प्ले नियमन गर्ने नयाँ कार्यविधीमा कस्ता विज्ञापन प्ले गर्न पाउने/नपाउने, बाटोको दुरी देखी कति मिटर टाढा हुनुपर्ने, जस्ता बिषय समावेस गरेर कार्यविधी तयार पार्छौं ।‘ महर्जनले अभियानसंग भने ।  होडिङ बोर्ड र फ्लेक्सले  कुरुप बनेको शहरमा यस्ता डिजिटल डिस्प्लेले शहरको रौनक त फेरिएको छ तर अस्वभाविक लाईटिङका कारण राती दुर्घटनाको जोखिम पनि रहने देखिन्छ ।  यस्तै बिभिन्न महत्वपुर्ण कार्यक्रम, खेल विश्वकप जस्तै भिडियो लाईभ स्ट्रिमिङ हुँदा सडकनै जाम हुने लगायतका समस्या समेत हुनसक्ने भएकाले यस्ता डिस्प्लेलाई नियममावली नै बनाएर नियमन गर्नुपर्ने बोर्डले भनाइ छ ।  फोटोहरू सुनिल शर्मा/अभियान

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार हुन नदिने भएको छ । एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले नगरक्षेत्रभित्र डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रसारण निषेध गरेको हो ।  महानगरभित्र अनुमति लिई वा विज्ञापन गर्न लिएको अवधि समाप्त भएपछि समेत होडिङ बोर्ड, डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेकाले महानगरले जनाएको छ ।  भदौ ३०...