स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरको मेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएका १५ जनाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानगरपालिकाले दिएको जानकारी अनुसार मेयर पदमा दुई जना, उपमेयर पदमा १ जना, वडाअध्यक्ष पदमा ११ जना र सदस्य पदमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन् । यस्तै विभिन्न वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ११ जना र वडा सदस्