नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताउनुभएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि बताउनुभएको छ । 'प्...