काठमाडाैँ : १९औँ एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्ना खेलाडीको तयारीलाई तीव्रता दिइरहेको छ। चीनको हाङचाउ शहरमा हुने १९औँ एशियाली खेलकुद शुरु हुन अब ५८ दिन मात्र बाँकी छ। करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ। यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक जित्ने सम्भावनालाई मद्देनजर गर्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ। साथै खेलकुदका कार्यकारी निकायले पनि खेला