निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गत