उपत्यकामा हैजा : जारको खानेपानी कति सुरक्षित ?

काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो । उपत्यकामा हैजा फैलने प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् ।  काठमाडौँ उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत प्रशोधित शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर एकाध कम्पनीद्वारा उत्पादन गरिएका जार र बोतलका पानी मात्र पिउन योग्य छन् । तीबाहेक धारामा आउने, ट्याङ्करमा ल्याइने, सिल्बन्दी गरेर बिक्री वितरणका ला