विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरको उहाँले बताउनुभयो । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक वर ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो । […]