राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले शनिबार भक्तपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो …