चितवन । सबैले घरघरमा दसैँ मनाइरहेका बेला चितवन मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ज्यान जोगाउन भागदौड गर्नुप¥यो । सघन उपचार कक्ष तोडफोड भयो । केही महिनाअघि भरतपुर अस्पतालमा चिकित्सक कर्मचारी थुनिए, कर्मचारी कुटिए । केही समयअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सक कुटिए ।
काठमाडौं। ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन्। ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले आइतबार राति पौने ९ बजे डा. कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ। मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफुलाई पिटेको घिसिङले बताएका छन्। घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् । घिसिङले चिकित्सकको परिचय पत्र देखाउँदै पनि रगताम्य […]
काठमाडौं। झापाको मेची अस्पतालका कार्यरत डा. केवल कपुरी आफ्नो कार्यकक्षमै कुटिएका छन्। उनलाई बबरामीका कुरुवाले कुटपिट गरेको अस्पतालले जनाएको छ। हल्दिबारी गाउँपालिकाका ४०वर्षीय पुष्पराज निरौलाले आइतबार आकस्मिक कक्षमा उनलाई कुटपिट गरेका हुन्। उनले अनावश्यक विवाद गरी चिकित्सकमाथि हातपात गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए।“हामीले असुरक्षा महसुस गरिरहेका छौं। अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारबाही हुनुपर्छ,”उनले भने।
६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’ निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका […]
काठमाडौं : दुई साता अगाडि नर्भिक अस्पतालमा दायाँ खुट्टाको अपरेसन गर्नुपर्नेमा बायाँ खुट्टाको अपरेसन गरेको भन्दै चिकित्सकमाथि छानविन सुरु गरियो। छानविनको क्रममा चिकित्सकको लापरवाही नै रहेको ठहर गर्दै हाल दुई चिकित्सकलाई एक महिनाका लागि निलम्बन गरिएको छ।
यस्तै, फागुन ६ गते डोटी ...