बंगलादेशसँग भदौ २४ र २७ मा फुटबल खेल्दै महिला टोली

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीच मैत्रीपूर्ण खेल पक्का भएको जनाएका छन्।नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ मा प्रतिस्पर्धा गर्ने छ। नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप (२०२२) को छनोट खेल खेल्दै छ। छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्।एन्फाले घोषणा गरेको टिममा ६