सिन्धुलीका आदिवासी दनुवार समुदायले शुक्रबार बरकी एकादशी पर्व मनाएका छन् । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वलाई सिन्धुलीको दुधौली नगरपालिका कमलाखोंजमा बसोबास गर्ने दनुवार जातीले आफ्नो संस्कृतिअनुसार मनाएका हुन् ।