कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो ।
गृह मन्त्रालयले प्रदेश सरकारलाई बेवास्ता गर्दै विराटनगरमा सोमबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरेको छ । मुलुकमा संघीयता आएदेखि बर्सेनि हुँदै आएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरुको समन्वय र आयोजना प्रदेश सरकारले गर्दै आएका थिए । तर यसपटक गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय नै नगरी आफैं गोष्ठी आयोजना गरेको हो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बिहानदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज गोष्ठी आयोजना गरिएको हो ।
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले गरे । कार्यक्रममा उनले कर्णालीको भौगोलिक विकटता र सुरक्षा […]
सुर्खेत । अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्थाका बारेमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षालगायत समग्र जिल्लाको वस्तुस्थितिका बारेमा […]
बुटवल । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भय रहित बनाउने लक्ष्य सहित बुटवलमा मध्य नजर गरी लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान व्यवस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीति भन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको खुलासा गर्नु भयो […]
काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]
प्रदेश नम्बर ५ को समग्र सुरक्षा अवस्था, शान्ति सुरक्षामा देखिएका समस्या र चुनौतीहरूको समाधानको लागि गर्नुपर्ने कामहरूबारे छलफल गर्न रुपन्देहीको मणिग्राममा शुक्रबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन भइरहेको छ। प्रदेश नम्बर ५ मा पहिलोपटक गृहमन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेम कुमार राई, प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री…