'४/१२ सल्टाउने' भदौ ८ को समय सकिँदा पनि देखिएन शेयरबजारमा सुधार

आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १८.३० अंकले घटेर २०३९.५४ को बिन्दुमा पुगेर रोकिएको हो ।आज कारोबारमा आएका २१९ कम्पनीका ४२ लाख ३४ हजार १ सय ३७ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६ सय ७० रुपैयाँ १२ पैसाको कारोबार भएको छ । जस मध्ये हिमाल दोलखाको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोको ९ करोड ४१ लाख, नेष्डो समृद्द लघुवित्तको ८ करोड ३१ लाख, अरुण काबेली पावरको ७ करोड २८ लाख, तथा राधी हाइड्रोको ४ करोड ८३ लाखको कारोबार भएको छ ।आज अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने रुरु हाइड्रोको शेयर मूल्य ८.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज  नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य २.०७ प्रतिशतले बढेको छ । आज मेलुङखोला जलविद्युतको शेयर मूल्य ५.८२ प्रतिशत, मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ४.२७ प्रतिशत, खानीखोला हाइड्रोको शेयर मूल्य ४.१८, सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ४.०९ प्रतिशत तथा दोर्दीखोला जलविद्युतको शेयर मूल्य ३.८७ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्। आज कारोबारमा आएका मध्ये १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने  १५ कम्पनीको शेयर मूल्य बढेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।४/१२ को ऋण सल्टिएपछि पनि देखिएन सुधार नेपाल राष्ट्र बैंकले  मौद्रिक नीति मार्फत  शेयर कर्जाको ४/१२ को नीति संशोधन गर्दै ४ खारेज गरेर १२ मात्र कायम राखेको थियो । सो कायम गर्नको लागि राष्ट्र बैंकले भदौ ८ गतेसम्मको समय दिएको थियो । भदौ ८ को समय सकिएपछि बजार बढ्ने कतिपय विश्लेषकको अनुमान विपरित बजारमा गिरावट आएको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको थियो  'मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit: कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १२ करोड कायम गरिएको छ। मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भूक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ। यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ।'भदौ ८ को समय सकिएपछि पनि बजारमा सुधार नदेखिएको हो ।