कृषि– शब्द संस्कृत भाषाको ‘कृष विलेखने’ धातुबाट ‘इक्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भूमि जोत्नु वा हलो चलाउनु भन्ने हुन्छ । कृषि–कर्म गर्ने किसानलाई संस्कृतमा कृषक, कृषाण, कीनाश, कृषीवल इत्यादि भन्दछन् । संस्कृत वाङ्मयमा वेद, स्मृति र पुराणहरूमा तथा अन्यत्र पनि कृषिको चर्चा गरिएको पाइन्छ । संस्कृतका चार विद्या— वार्ता, त्रयी, दण्डनीति र […]