काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ।
राजधानीमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै र्याली निकालेको हो।
प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।…