धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति अझै अनिश्चित

अर्थतन्त्रको सूचकका रूपमा मानिने पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पछिल्लो ६ महिनादेखि नेतृत्वविहीन छ । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त भएको उक्त पदमा सरकारले अझैसम्म अध्यक्ष नियुक्त गर्न सकेको छैन । अध्यक्ष नभएकै कारण गत पुसयता प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।