जापानमा आँधी : २ जनाको मृत्यु, ७० जना घाइते

काठमाडौँ- जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु टापुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रतिघण्टाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा […]