चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह

काठमाण्डाै - मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासङ्घसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । नेपाली उपभोक्ता महासङ्घले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ । अध्यक्ष चन्द्र साउदले नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधि...