खाने तेलमा रङ मिसाएर बेच्नेलाई एक वर्ष कैद र ४० हजार जरिवाना

चितवन : तोरीको तेलमा अखाद्य रङ मिसाउने खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रीजलाई चितवन जिल्ला अदालतले दोषी ठहर गरेको छ।अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षमा अदालतले उद्योगलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले ओमकार आयल इण्डष्ट्रीजका सञ्चालक राम श्रेष्ठलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो।ओमकार आयलको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्