नबिल बैंकद्वारा एसएमई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाडौँ। नबिल बैंकले प्रदेश नं १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणिहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतुका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ। बैंकले आफना ग्राहकहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ।