एक अर्ब लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन शुरू, पेट्रोल गाडीलाई पनि विद्युतीय बनाउने

काठमाडौं । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले नेपालमै विद्युतीय गाडी उत्पादन शुरु गरेको छ । नेपालमा वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले विद्युतीय गाडी उत्पादन शुरू गरेको कम्पनीको भनाइ छ ।  सुन्दर अटोले विदेशबाट पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारीसाधन उत्पादन गर्न करीब १ अर्ब रुपैयाँ लगानीमा २ वर्षपहिले नै रूपन्देही जिल्लामा एसेम्बल प्लान्ट स्थापना गरेको थियो । प्लान्ट स्थापनापछि परीक्षण उत्पादन गर्दै आएको कम्पनीले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्युतीय गाडीको उत्पादनमा सफल भएको जानकारी दिएको हो । शुरुआती चरणमा कम्पनीले सबै प्रकारका मोटरसाइकल, स्कुटर र कार उत्पादन थालेको बताएको छ । कम्पनीले पेट्रोल र डिजेलबाट चल्ने सबै खालका मोटरसाइकल, कार र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने काम पनि शुरू गरिसकेको सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले बताए । एउटा स्कुटर वा मोटरसाइकललाई सय किलोमीटरसम्म बिजुलीबाट चल्ने र चार्ज सकिएपछि इन्धनबाट चल्ने बनाउन ७० देखि ८० हजार रुपैयाँ खर्च लाग्ने उनले बताए । ८०० सीसीसम्मको इन्धन कारलाई विद्युत्बाट चल्ने बनाउन १२ देखि १४ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।  आफूसँग भएका पुराना बाइक वा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दा इन्धनमा खर्च हुने पैसा बचत हुन्छ । ‘एउटा स्कुटर वा बाइक सय किलोमीटर गुड्दा ४ सय ५० रुपैयाँ इन्धनमा खर्च हुन्छ । त्यसलाई विद्युतीयमा रूपान्तरण गरे ३१ रुपैयाँले सय किलोमीटर गुडाउन सकिन्छ,’ सुन्दर अटो इन्जिनीयरिङ प्रालिका इन्जिनीयर पाण्डव पौडेलले भने, ‘यसो गर्दा हरेक सय किलोमीटर यात्रामा उपभोक्ताले ४०० रुपैयाँभन्दा बढी बचत गर्न सक्छन् ।’ इन्धन गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न ३ दिन लाग्ने पनि उनले बताए । कम्पनीले अहिलेसम्म स्कुटर, बाइक र कारलाई मात्र विद्युतीयमा रूपान्तरण गर्ने काम गरेको छ । हायस र ठूला बसको हकमा परीक्षणको काम भइरहेको इन्जिनीयर पौडेलले जानकारी दिए । उपत्यकाबाहिर पनि विद्युतीय सवारी चलाउने सुन्दर यातायात प्रालिले उपत्यकाबाहिर पनि विद्युतीय सवारी सञ्चालन गर्ने भएको छ । इन्धनको मूल्य दिनप्रतिदिन बढ्दै गएको अवस्थामा विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्दै सर्वसुलभ मूल्यमा यातायात सेवा दिने उद्देश्यले उपत्यकाबाहिरका प्रमुख शहरमा पनि विद्युतीय सवारी चलाउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।  वैशाख १५ भित्र झापाको काँकडभिट्टादेखि विराटनगरसम्म विद्युतीय बस चलाउने तयारीमा रहेको कम्पनीका अधिकारी बताउँछन् । त्यसको गृहकार्य पूरा भएको छ । त्यसैगरी, जेठ १५ भित्र चितवनको भण्डारादेखि नवलपरासी (को–कहाँ) सम्म  विद्युतीय बस चलाउने तयारी छ । सुन्दर यातायातले हाल काठमाडौं उपत्यकामा विद्युतीय बस गुडाइरहेको छ ।

सम्बन्धित सामग्री

बीवाईडीले बनायो ५० लाख विद्युतीय गाडी

विद्युतीय गाडी एवं ब्याट्री निर्माता बीवाईडीले ५० लाख नयाँ विद्युतीय गाडी (एनईभी) सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै पहिलो अटोमेकरका रुपमा अगस्ट ९ मा यो आंकडा हात पारेको बताएको हो । यो महत्वपूर्ण उपलब्धिको सेलिब्रिसेनका लागि बीवाईडीको ग्लोबल मुख्यालयमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष वाङ चुआनफुले भने, ‘आज बीवाईडीको लागि एक ऐतिहासिक क्षण हो । […]

चौताराबाट काठमाडौँसम्म अब विद्युतीय गाडी

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गर्नुभएको हो । पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका …

एक वर्षमा भित्रियो एक हजार ८०७ विद्युतीय गाडी

सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे सवारी आयात …

एक वर्षमा भित्रियो १८ सयभन्दा बढी विद्युतीय गाडी, सबैभन्दा धेरै चीनबाट

सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा एक हजार ८०७ विद्युतीय गाडी भित्रिएका छन् ।

एक वर्षमा भित्रियो एक हजार ८०७ विद्युतीय गाडी

काठमाडौँ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चार पाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय […]

सिजीले भित्र्यायो विद्युतीय गाडी

काठमाडौँ – सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी बिक्री सुरु गरेको छ। बढ्दो पेटोलिय पदार्थको मुल्यवृद्धिबाट राहत पाउन विद्युतीय साधानमा ध्यान केन्द्रित भइरहेका बेला सिजी मोटर्सले निटा ब्रान्डको विद्युतीय गाडी सार्वजनिक गरेको हो। चौधरी ग्रपअन्तर्गतको सीजी मोटर्सले पहिलो मोडलको रुपमा निटा भी बजारमा ल्याएको हो। भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड […]

होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक

होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय गाडीमा काम गर्न नसकेता पनि अहिले आएर विद्यतीय गाडी सार्वजनिक गर्नमा काम गरिरहेको छ । होण्डाले प्रोलग नामको विद्युतीय गाडी सार्वजनिक गरेको हो । द प्रोलगको डिजाइन लस एन्जेलेस र जापानमा रहेको स्टुटीयोको संयुक्त सहकार्यमा निर्माण गरिएको हो । यो गाडी जिएमसँग पनि सहकार्य गरेर बनाइएको हो ।...

रसुवानाकामा विद्युतीय गाडी

चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा ।  विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।

चीनले आठ महिनामै बेच्याे १७ लाख विद्युतीय गाडी

काठमाण्डाै – चीनले बितेको आठ महिनामा १७ लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख वटा विद्युतीय गाडी बिक्री गरेको चीनले यो वर्ष त्यसको झण्डै तीन गुणा अर्थात् १७ लाख विद्युतीय गाडी बिक्री गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सीन गो बिनले विद्युतबाट चार्ज गर्नेदेखि हाइड्रोजन इन्धन लगायत नवीकरणीय उर्जाबाट चल्ने गाडीहरुको बिक्री बढेको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले सरकारले प्रदुषण घटाउनका लागि नवीकरणीय उर्जाको प्रयोग...

यस्ता छन् विद्युतीय गाडी टाटा नेक्सनका विशेषता

यस्तैमा नेपाली बजार टाटाको नेक्सन एसयुभी विद्युतीय गाडी पनि प्रतिक्षित गाडी हो। भारतीय बजारमा यो सन् २०२० को जनवरीमा नै सार्वजनिक भएको हो।