घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

बाथरूममा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो। उनलाई काठमाडौस्थित न्यूरो हस्पिटलमा उपचार हुने सुरक्षा निकायले जानकारी दिएको छ। शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी…