रुपन्देही–३ ग्राउन्ड जिरो : बालकृष्ण र दीपकलाई पछ्याउँदा जे देखियो

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू चुनावी प्रचार–प्रसारको अन्तिम समयमा पुगेका छन् । रातोपाटीले सोमबार रुपन्देही–३ मा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँण र राप्रपाका दीपक बोहरालाई पछ्यायो ।हामी सुरुमा ६ दलीय गठबन्धनका साझा उम्मेदवार गृहमन्त्री खाँणको चुनावसभाको खोजीमा लाग्यौँ । रुपन्देहीको फर्साटिकट खेलमैदानमा आयोजित चुनावीसभामा पुग्दा दिउँसो २ बजिसकेको थियो ।६ दलीय गठबन्धनका कात्तिक २८ को दोस्रो चुनावी सभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट