सर्लाही : लखन्देही खोलाको कटानले हरिपुर नगरपालिका–९ पिडारी ढापटोलका खेतीयोग्य जमिन जोखिममा परेको छ। तत्कालै कटान नरोके सयौं बिघा खेतीयोग्य बगरमा परिणत हुने स्थानीय नागेन्द्र साहले बताए।कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको नगरप्रमुख जमिरुदिन मन्सुरले बताए। लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पुर्याइरहेको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पि