अर्थतन्त्रमा सरकारी भ्रम

विदेशी विनिमय सञ्चितिमा दबाव परेपछि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको र राष्ट्र बैंकले पनि आयातमा कडाइ गरेको थियो । तर, प्रतिबन्ध हटाएको ९ महीना र राष्ट्र बैंकले प्रतीतपत्रमा गरेको कडाइ खुला गरेको ७ महीना बितिसक्दा पनि आयात तथा निर्यात दुवै घटेको छ । विदेशी विनिमय सञ्चितिमा सहजता र शोधनान्तर स्थिति बचतमा गएको भनी अर्थतन्त्र सुधारतर्फ लागेको भन्दै सरकार आत्मरतिमा लागे पनि आयात निर्यातको आँकडाले भने अर्थतन्त्रमा मन्दीको अवस्था कायमै रहेको स्पष्ट संकेत गर्छ । अर्थतन्त्र सुधारका लागि सरकारले विशेष नीति लिनुपर्ने टड्कारो आवश्यकतालाई साउन र भदौको आयात निर्यात आँकडाले पुन: पुष्टि गरेको छ । यसले पछिल्लो अवधिमा पनि सुधारका लागि खासै काम हुन नसकेको देखाउँछ ।  केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक प्रतिवेदन र अहिले भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनले अर्थतन्त्रमा भएका कमजोरीलाई देखाएका छन् । भन्सार विभागले प्रकाशित गरेको तथ्यांकअनुसार भदौसम्ममा नेपालले २ खर्ब ५९ अर्ब बराबरको आयात गरेको छ जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ७ दशमलव ७९ प्रतिशतले कम हो । सोही अवधिमा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो आवको यही अवधिको तुलनामा ५ दशमलव शून्य ५ प्रतिशतले कमी हो । यसले व्यापारघाटा घटेको देखाउँछ जसलाई सरकारले उपलब्धिका रूपमा देखाउने गरेको छ । आयात घट्नु सकारात्मक भए पनि केकस्ता वस्तुको आयात घटेको छ भन्ने कुराले मात्र यसको अर्थ राख्छ । उपभोग्य वस्तुकै आयात घटेको हो भने पनि त्यसले अर्थतन्त्र मन्दीमै छ भन्ने संकेत गर्छ । यद्यपि राष्ट्रिय तथ्यांक कार्यालयले नयाँ तथ्यांक सार्वजनिक नगरी यसै भन्न सकिन्न । औद्योगिक कच्चा पदार्थ र उत्पादनमा सहयोग पुर्‍याउने इन्टरीमडियटरी सामानको आयात पनि घटेको छ । यसले मुलुकभित्र उत्पादन घट्नेछ । उत्पादन घट्नुको कारण उत्पादित वस्तुको माग नहुनु हो । निर्माण सामग्रीसम्बन्धी उद्योगहरूले आफ्नो उत्पादन कटौती गरिरहेका छन् । खाद्य प्रशोधन उद्योगसमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको सम्बद्ध उद्योगीहरूको भनाइ छ । यसले समग्र औद्योगिक वातावरण नै खलबलिएको संकेत गर्छ । यस्तोमा आयात घट्यो भनेर खुशी हुनुको अर्थ छैन । आयात पनि बढोस्, निर्यात पनि बढोस् अनि मात्रै अर्थतन्त्र लयमा छ भन्न सकिन्छ । तर यी दुवै घटेका छन् । यसले नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धी क्षमता गुमाएको हो कि भन्ने देखाउँछ । विगतमा जेजति परिमाणमा निर्यात हुन्थ्यो त्यो घट्दै गएको छ । हस्तकलाका सामानदेखि घरेलु उत्पादनसम्मका वस्तुको निर्यातमा ह्रास आएको छ । यी वस्तुका उत्पादकहरूले कच्चा पदार्थमा देखिएको समस्या, जनशक्तिको अभाव, सरकारी सहयोग लिनमा देखिएको झन्झट आदि कारणले उत्पादन बढाउन नसकिएको बताएका छन् । यी कारणमा पनि मुख्यतया ढुवानी भाडा महँगो भएकाले वस्तुको मूल्य बढी माग कम भएको र निर्यातमा समस्या रहेको देखिन्छ । सरकारले यी समस्याको सम्बोधन गर्नुपर्ने देखिन्छ ।  नेपालले १० खर्ब बराबरको निर्यात गर्ने सक्ने सामथ्र्य रहेको भनी अन्तरराष्ट्रिय संस्थाले बताए पनि त्यसको १० प्रतिशत पनि हुन नसक्नुमा नेपालले लिएको रणनीतिको कमजोरी हो । अहिले अर्थतन्त्रमा समस्या छ भनेर सरकारले गम्भीरताका साथ लिएको पाइँदैन । अर्थतन्त्रमा देखिएका जटिलतालाई सम्बोधन गर्ने र गाँठो फुकाउने जिम्मा अर्थ मन्त्रालयको हो । अर्थ मन्त्रालयमा वरिष्ठ अर्थविद् सल्लाहकार भए पनि र स्वयं अर्थमन्त्री अर्थशास्त्रमा विद्यावारिधि गरेका व्यक्ति भए पनि अर्थतन्त्रको वास्तविक समस्या बुझेर त्यसको समाधान दिन चुकिरहेका छन् ।  यसले खासमा सरकार अर्थतन्त्रप्रति उदासीन छ र सत्ताकै जोडघटाउको खेलमा मात्रै सीमित छ भन्ने नै देखाउँछ । त्यसैले केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक प्रतिवेदन र अहिले भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनले अर्थतन्त्रमा भएका कमजोरीलाई देखाएका छन् । अब तिनलाई हटाएर अर्थतन्त्रलाई गति दिने जिम्मेवारी सरकारकै हो । त्यसैले यसतर्फ गम्भीर भएर सरकार लाग्नुको विकल्प देखिँदैन । 

सम्बन्धित सामग्री

सुरक्षा थ्रेटमा ‘सरकारी कर्मचारी’

बर्दियामा दुई साता भित्र दुई सरकारी कर्मचारीमाथि आक्रमण भएको छ। विगत केही दिन देखि कर्मचारीमाथि भइरहेको भौतिक आक्रमणले सरकारी कर्मचारी कार्यालयसम्म जान समेत डराइरहेका छन्।...

सरकारी चिठ्ठीपत्र हुलाकमार्फत नै पठाउन अनिवार्य

५ असोज, काठमाडौं । सरकारी कर्यालयहरुले अब सरकारी चिठ्ठीपत्र हुलाकमार्फत नै पठाउन अनिवार्य गर्ने भएको छ । सरकारले नै सरकारी हुलाक सेवा प्रयोग गर्न छाडेपछि १ असोजमा सचिव बैठकले सरकारी चिठ्ठीपत्र र कागजात हुलाकमार्फत् पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालयको अध्यक्षतामा बसेको सचिव बैठकले मन्त्रालय/निकाय/कार्यालयहरूले आ–आफ्नो प्रशासन महाशाखा/शाखालाई हुलाक […]

सभामुखले छोडे सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोडेका छन् ।  सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका  प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । ...

एक कर्मचारी धाउँछन् दुई सरकारी कार्यालय

पाल्पा – पाल्पामा एक जना सरकारी कर्मचारी दुई सरकारी कार्यालयमा कार्यरत रहेकाे पाइकाे छ । पाल्पा अस्पतालमा कार्यरत अहेव अरुण कार्कीले दुईवटा सरकारी कार्यालयमा काम गरेर दुवैतर्फ तलब तथा भत्ता बुझ्ने गरेको पाइएको हाे । विगत पाँच वर्षदेखि पाल्पा जिल्ला अस्पतालमा अहेवकाे रूपमा कार्यरत स्वास्थ्यकर्मी कार्कीले २०७८ सालकाे फागुन महिनादेखि तानसेन नगरपालिकामा पनि काम गर्न […]

तपाईंले पनि सरकारी ढुकुटी चलाउनुहुन्छ ?

सरकारी ढुकुटी दुरुपयोग भएकोमा चिन्ता धेरैलाई छ । धेरैलाई सरकारी ढुकुटी उपल्लो ओहदामा बस्ने सरकारी कर्मचारी, नेता (प्रधानमन्त्री, मन्त्रीलगायत) र लाभको पदमा नियुक्त हुनेले मात्र रजाइँ गर्छन् भन्ने छ । मैले पनि सरकारी ढुकुटी चलाउँछु र त्यसको यथाशक्य सदुपयोग गर्नुपर्छ भन्ने हेक्काचाहिँ कमलाई मात्रै छ ।निश्चय नै देशको ढुकुटी सर्वसाधारणको हो । लोकतान्त्रिक मूल्य–मान्यताबाट सञ्चालित […]

सरकारी कार्यालयका कर्मचारी नमुस्कुराए जरिवाना

काठमाडौँ । फिलिपिन्समा सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने नीति लागू भएको छ । कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ । फिलिपिन्सका एक सहरका मेयरले मुस्कान नीति लागू गरेका हुन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ । सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने […]

सरकारी कार्यालयमा सिडियोको अनुगमन, सरकारी पोसाकको दुरुपयोग

मुगु – जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले मंगलबार जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सरकारी कार्यालयमा रहेका मर्कचारीहरूले सरकारी पोसाकको दुरपयोग गरेको भेटाएका छन् ।बिहान ११ बजेतिर एक्कासि जिल्ला अस्पताल तथा पशु सेवा बिकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयर्बेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत पुग्दा कार्यालयका प्रमुख देखी अन्य […]

दलालको नियन्त्रणमा सरकारी कार्यालय र सरकारी कागजात

सरकारले नागरिकलाई सेवा-सुविधा प्रवाहका लागि हजारौं सरकारी कार्यालय स्थापना गरेको छ । संघीयताको अभ्याससँगै सेवा–सुविधा जनताको घरदैलोसम्म पुर्‍याउन प्रयास गरिएको छ । सरकारी कार्यालयहरूमा दिनहुँ लाखौं सर्वसाधारण आफ्नो काम लिएर जान्छन् । सिधासाधा जनता आफ्नो काम लिएर सरकारी कार्यालय जाँदा उनीहरूले भोग्नुपर्ने झन्झटको सूची लामै हुन्छ । एकपटक प्रश्न गरौं त-सर्वसाधारण नागरिकलाई अधिकांश कर्मचारीले गर्ने […]

यसरी फेरिँदैछन् सरकारी अस्पताल

सरकारी स्वास्थ्य संस्थामा राम्रो काम गर्ने कर्मचारीको आत्माविस्वास माथि उठाउनुपर्छ। निरन्तर अनुगमन र मूल्यांकन हुनुपर्छ। नयाँ उपकरणहरुको पहुँचमा वृद्धि गर्नुपर्छ। र, सबै नागरिकमा सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाइने आत्मविश्वास जगाउनुपर्छ।

खुल्न थाले सरकारी कार्यालय

काठमाडौं, असार १८ । निषेधाज्ञाको कारण प्रभावित भएका सरकारी कार्यालय पुरानै अवस्थामा फर्कन थालेका छन्। संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालयहरू खुलेको जनाएको छ। सरकारी कार्यालय खुलेसँगै रोकिएका सेवा पनि सञ्चालन हुन थालेका छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालय खुलेको बताए। कोरना […]