युवा तथा साना व्यवसायी स्वरोजगार कोषको पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका सहकारी संस्थाहरुलाई अबिलम्ब पैसा तिर्न अपिल गरेको हो । यदि तोकिएको समय भित्र नतिरे कारबाही गर्ने चेतावनी समेत कोषले दिएको छ । कोषसँग कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाहरुले कोषको रकम नियमितरुपमा तिर्नु÷बुझाउनु पर्नेमा बाँकी देखिएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिन