१५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए ।उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो । उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो । जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थे, बाफ लिन्थेँ ।