बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न नेकपा (एस)को माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बाढीपहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेकपा (एस)ले उद्धार तथा राहतमा लाग्न आग्रह गरेको हो ।  “अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीले तटीय क्षेत्रका...