गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११औं क्षेत्रीय बैठकसँगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।सम्मेलनलाई सफल पार्न शनिबार सम्पन्न एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरूको बैठकले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्री