गुहरीमा सार्वजनिक बिदा दिन प्रदेश र स्थानीय सरकारसँग माग

कैलाली। थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आइरहेका गुहरी पर्वका दिन बिदा दिन सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग माग गरिएको छ । थारु समुदाय आबद्ध रहेका बिभिन्न ६ संस्थाले आज एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । २०६७ सालदेखि धनगढीको गुहरी चोकमा यो पर्व मनाउँदै आइरहेको भन्दै ती संस्थाहरूले यस पटक बिदा नदिएको प्रति […]

सम्बन्धित सामग्री

ल्होसारमा सार्वजनिक बिदा दिन माग, प्रदेश मन्त्रीले भने 'पहल गर्छु'

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था गरेको आरोप लगाए। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिए । भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उनको भनाइ थियो । मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक बिदाका लागि आफूले पहल गर्ने बताए । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी)ँ ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ ।