कोभिड–१९ नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण :  गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार