धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अनुपम स्थल : धुम्बा ताल

म्याग्दी :  हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ मा अवस्थित मनमोहक धुम्बाताल धार्मिक आस्था र प्राकृतिक सुन्दरताका कारण मुस्ताङ पुग्ने पर्यटकहरुका लागि पुग्नै पर्ने अनुपम स्थलको रुपमा चिनिन थालेको छ।‘मुस्ताङको लुकेको हीरा’ भनेर चिनिने यो तालको चौडाइ १ सय ३० मिटर,लम्बाइ १ सय ६० मिटर र गहिराई १० मिटर रहेको छ । समुद्री सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा अवस्थित धुम्बा तालमा कहिल्यै पनि लेउ नलाग्ने स्थानीय बताउँछन्।मुस्ताङको सदरमुकाम जोमसोमबजारदेखि दक्षिण पूर्व