पाँच दलीय समन्वय समितिले भन्यो : अदालतको गतिरोधको तत्काल निकास खोज्नुपर्छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ । मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् । उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् । […]

सम्बन्धित सामग्री

सत्तारूढ पाँच दलीय समन्वय समिति बैठक स्थगित

काठमाडौं : सत्तारूढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ। आगामी स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्नको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘शीर्ष नेताहरू कोरोनाको कन्ट्रयाक ट्रेसिङमा पनि पर्नुभएको छ। त्यसमा आवश्यक तयारी पनि नपुगेको कारणले बैठक स्थगित भएको हो।’मंगलबार बसेको सत्तारूढ दलहरूको बैठकमा भएको छलफलअनुसार निर्वाचनको मिति तय गर्नेबारे आज थप छलफल गर्न बैठक बोलाइएक

सत्ता गठबन्धन दीर्घकालीन सहकार्यमा जुट्दै

काठमाण्डाै - सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  बैठकले राष्ट्रिय सभा चुनाव र उपचुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । सरकारको काम प्रभावकारी बनाउन समन्वय समिति गठनदेखि राष्ट्रिय सभा चुनाव तथा प्रतिनिधि सभा र प्रदेश स...

तत्कालै ५ दलीय समन्वय समिति बनाउने निर्णय गरौं : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तत्कालै गठबन्धनमा रहेका ५ सम्मिलित दलीय समन्वय समिति बनाउने निर्णय गर्नुपर्ने माग गरेका छन् । समन्वय समिति बनाउने निर्णय गठबन्धनमा भइसकेको दाबी गर्दै नेता श्रेष्ठले निर्णय कार्यान्वयन नहुनु उचित नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले गठबन्धनको प्रभावकारी भूमिकाका लागि समिति चाहिने जनाएका छन् । श्रेष्ठले लेखेका छन्, ‘५ दलीय गठबन्धनको केही समय अघिको बैठकले गठबन्धनको प्रभावकारी भूमिकाको निम्ति दलीय समन्वय समिति बनाउने (सरकार सञ्चालन संयन्त्र होइन...