एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै नखोल्ने बताएका छन्। विभिन्न व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै उनले अझै पनि कोरोना महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारेका हुन्। अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन्२०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ।