मनाङ– हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लाभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्मे भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ […]