रुसले युक्रेनमा ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी - BBC News नेपाली
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक हतियार विकास भएको भन्ने रुसी दाबी "अनर्गल" भएको बताएकी छन्।
रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।
युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।
रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको...