काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्। छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्। दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन्। प्रत्येक समूह