बैंकहरूले ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने उद्योगीको चेतावनी

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अत्याधिक र असामान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप परिसंघले लगाएको छ ।  परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरूको ज्यादतीको विषयमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।  पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले २० करोडको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रूपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले समेत व्यापारमा असर परेको बताए ।   

सम्बन्धित सामग्री

बैंकहरूले ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने उद्योगीको चेतावनी

विराटनगर– नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ। परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ। अत्यन्तै गैरजिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर बृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का […]