उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना चुनावी एजेन्डा मात्रै बन्यो

पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ ।  स्थानीय  निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झन्डै डेढ दशक अगाडिदेखि जलाशययुक्त जलविद्युत आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म प्रगति शून्य प्रायः छ । यो आयोजना चुनावी एजेन्डा मात्रै बनेको छ ।आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा